डिजिटल भुक्तानी बढ्दा ‘पीओएस’ र एटीएम कारोबार घट्दो, विस्थापित हुँदै कार्ड प्रणाली

काठमाडौं- नेपालमा डिजिटल बैंकिङ्ग र क्यूआर कोडमार्फत हुने भुक्तानी तीव्र रूपमा बढ्दै जाँदा परम्परागत कार्ड प्रणालीमा आधारित भुक्तानी घट्दै गएको छ। विशेषगरी कोरोना महामारीयता डिजिटल भुक्तानीमा आएको तीव्र विस्तारले प्वाइन्ट अफ सेल (पीओएस) मेसिन र एटीएमबाट हुने कारोबारमा गिरावट देखिएको हो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर भुक्तानी बढेसँगै कार्डमार्फत हुने…