काठमाडौं - नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी गरेको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी गरेको हो । राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको गुणस्तर वृद्धि गर्दै नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी रेगुलेटरी स्यान्डबक्स स्थापना गर्ने भएको हो । यसको मुख्य उद्धेश्य पनि डिजिटल वित्तीय सेवाहरूको पहुँच, प्रयोग तथा गुणस्तर…