गृहमन्त्री अर्यालद्वारा काठमाडौंका कारागारहरूको निरीक्षण: कारागारको सुधारका लागि निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गरेका छन्। गृहसचिव, गृहमन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थापन विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि पुगेका मन्त्री अर्यालले दुई कारागार…