नेपाल बैंकका अध्यक्ष डा. डिल्लीराज शर्माले दिए राजीनामा

काठमाडौं – नेपाल बैंकका अध्यक्ष डा. डिल्लीराज शर्माले राजीनामा दिएका छन् । शर्माले अर्थ मन्त्रालयसमक्ष राजीनामा दिएका हुन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा पेश गरेका हुन् । गत भदौमा बैंकको अध्यक्षमा नियुक्त भएका थिए । तत्कालिन अध्यक्ष थानेश्वर गौतमले राजीनामा दिएपछि शर्मा सोही पदमा नियुक्त भएका थिए ।