काठमाडौं - सरकारले सूचीकरणमा नआएको भन्दै बिहीबार फेसबुक, हाम्रोपात्रोसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय बनाउने निर्णय गरेको थियो । सोही अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा इन्टरनेट सेवा प्रदायकहरूले सामाजिक सञ्जाललाई निष्क्रिय बनाइरहेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वसूचनाप्रविधि (आइटी) विज्ञ असगर अलीको एम्बिसन गुरु जस्ता सामाजिक सञ्जालका प्लेटफर्मलाई भने उन्मुक्ति दिएको छ…