ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। मर्स्याङ्दी ट्राभल्सका म्यानेजर समेत रहेका सुवेदीले काठमाडौंको बालुवाटारमा रहेको जियोल्याण्ड…