वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू एउटै ऐनले सञ्चालन भएका कम्पनीहरू हुन्। यी सबैले क्रियाशील भएर आफ्नो आफ्नो काम गरिरहेका छन्। विकास बैंकको प्रतिस्पर्धा कोसँग भन्ने विषय खासगरी वाणिज्य बैंकहरूकाे क्यापिटलको संरचना उसको नेटवर्क र उसको ठुलो कम्पनी र ठुला परियोजनाहरूमा लगानी गर्न सक्ने क्षमताको स्ट्रेस् विकास बैंकमा पर्छ। कारण के हो भने कर्मर्सियलहरुको बेस रेट, कस्ट अफ फन्ड कम छ।
तर,डेभलपमेन्ट बैंक जस्ता साना बैंकहरुमा कस्ट अफ फन्ड पनि बढी हुने र बेस रेट समेत तुलनात्मक रूपमा बढी हुने हुँदा प्रतिस्पर्धात्मक हिसाबले वाणिज्य बैंकहरु पर्ने हो कि भन्ने देखिन्छ। सामान्यतया वाणिज्य बैंकहरुसँगै देखिएपनि सहकार्यको रूपमा काम गर्दै आएका छौँ।

त्यस्तै, फिन्टेकलाई अहिलेसम्म बैंकिङ्ग क्षेत्रका कोही कसैले पनि प्रतिस्पर्धीको रूपमा लिएका छैनन्। बरु फिन्टेकले बैंकिङ्ग च्यानललाई सरलीकृत गरिदिएको छ। जसले गर्दा बैंकमा नयाँ इनोभेसन आएको छ। हिजोसम्म हामी लेजर बेसीसमा काम गरिरहेका मान्छे अहिले एआईसम्म बैंकिङ्ग सुविधा दिन सक्ने अवस्थामा पुगेका छौँ, त्यसकारण बैंकिङ्ग सेक्टरमा फिन्टेक भनेको सहयात्री र सहयोद्धाको रूपमा परिभाषित गर्नुपर्छ भन्ने लाग्छ।
अहिलेको ग्राहकहरूका अपेक्षा तुरुन्तै पुरा हुनुपर्छ भन्नेछ। आजको भोली नै ग्राहकहरू परिमाण चाहन्छ। यो बैंकिङ्ग क्षेत्रका लागि सबैभन्दा ठुलो चुनौती हो। बैंकहरुले ग्राहकको अपेक्षालाई समयमै पुरा गर्न सकेन भने ग्राहक उम्केर अर्को ढोकामा जान समय लाग्दैन। अहिले डेभलपमेन्ट बैंकको मात्रै होइन समग्र बैंकिङ्ग सेक्टरको चुनौती भनेको ग्राहकको अपेक्षा परिवर्तन हुनु हो। प्रतिस्पर्धा भनेको ग्राहकको इच्छा अनुसार प्रडक्ट दिन सक्नु र उनीहरूको आवश्यकता अनुसार सेवा सुविधा प्रदान गर्नुका साथै छिटो प्रतिक्रिया गरेर छिटो समाधान दिन सक्नु हाे।

अहिले डेभलपमेन्ट बैंकहरुले ग्राहकको अपेक्षा पुरा गर्दै आएका छन्। आइटीमा विकास बैंक, वाणिज्य बैंकको हाराहारीमा छ। जसले गर्दा सबै खालका सुविधाहरू विकास बैंकहरुले पनि प्रदान गर्दै आएका छन्। हामीले अहिले जति काम गरिरहेका छाैँ, जसमा विकास बैंकप्रति ग्राहकहरूको अपेक्षा सकारात्मक छ।
बैंक डिपोजिट राख्ने र क्रेडिट प्रोभाइडर मात्रै होइन सस्टेनेबिलिटीका लागि स्थानीयस्तरको विकासका लागि आर्थिक साझेदार पनि हो भन्ने मान्यता राख्नुपर्छ। जसका लागि स्थानीयस्तरका विकास बैंक या राष्ट्रियस्तरका विकास बैंकलाई प्रदेशस्तरको आर्थिक पार्टनरको रूपमा नीतिगत व्यवस्था गर्नुपर्छ। यदि यसो गरियो भने विकास बैंकको पुँजी परिचालन हुन्छ। स्थानीयस्तरको पुँजी स्थानीयस्तरमा परिचालन भयो भने उद्योग कलकारखाना जस्ता ठुलादेखि साना तथा मझौला उद्योग व्यवसाय गर्ने र एग्रो मार्केटिजम एग्रो टुरिजमको व्यवसायलाई विस्तार गर्न सहयोग पुग्छ।

कमर्सियल बैंकको बिड चल्छ विकास बैंकको कतिपय ठाउँमा बिड चल्दैन। नेपाल सरकारले कमर्सियल बैंकमा खाता खोलेर आउँ अनि मात्र यो सुविधा दिन्छु भन्छ। विकास बैंकको खाता चल्दैन। विकास बैंक र कमर्सियल बैंक बिच विभेद छ। यदि यस्ता विभेदहरू नीतिगत रूपमा हटाउने हो भने विकास बैंकहरु प्रादेशिक रूपमा या स्थानीय रूपमा आर्थिक पार्टनरको रूपमा काम गर्न सक्छन्।
(एक्सेल विकास बैंकका सीईओ डा.कट्टेलले बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीति’ मा राखेका विचारमा आधारित)





About Us
प्रतिक्रिया