काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.७९ अंकले घटेर बजार २६ सय ३६ दशमलव १० को बिन्दुमा बन्द भएको छ। आज बजार घट्दा कारोबार रकममा भने केही सुधार देखिएको छ। आज ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड १२ लाख कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी ७ प्रतिशत नबिल डिबेन्चर २०८९ को शेयर कारोबार भएको छ। आज यस कम्पनीको २८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोको २० करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी अप्पर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ११.८४ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सेन्टरल फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एभरेष्ट कलरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ता ५.३६ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया