काठमाडौं – व्यवसायी महेश श्रेष्ठ पक्राउ परेका छन्। उनी काँग्रेस नेता उमेश श्रेष्ठका भाइ हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका पवक्ता दान बहादुर थापाका अनुसार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको हो।
उनलाई शनिबार पक्राउ गरिएको हो। उनलाई इनम सापकोटासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण केसमा अनुसन्धान गर्न पक्राउ गरिएको थापाले बताए। उनकाअनुसार विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क तथा बैंकिङ्ग कारोबार देखिएपछि महेशलाई पक्राउ गरिएको हो। सापकोटा प्रकरणमा उनको संलग्नता वा सम्बन्धबारे अनुसन्धान भइरहेको बताइएको छ।
यसअघि सार्वजनिक भएको एक अपुष्ट अडियोमा पनि काँग्रेस नेता उमेश श्रेष्ठको नाम उल्लेख भएको बताइएको थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका सापकोटाले उक्त अडियोमा उमेश श्रेष्ठको नाम लिएको चर्चा सार्वजनिक भएको थियो। यद्यपि, महेश श्रेष्ठको पक्राउ र उनीमाथि लगाइएको आशंकाबारे थप अनुसन्धानबाट मात्रै वास्तविकता स्पष्ट हुने छ।






About Us
प्रतिक्रिया