लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

‘तीन दिनमा १५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य’


काठमाडौं – नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा एक हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला तीन हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८० रूपैयाँ घटेको हो।

Skip This