नेशनल लाइफ इन्स्योरेन्सको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?


काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तीन महिनामा १२ करोड बढी नाफा आर्जन गरेको छ। कम्पनीले असोज मसान्तसम्म १२ करोड ५६ लाख खुद नाफा कमाएको हो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ८ लाख खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानीको मुख्य स्रोत खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ अर्ब ५२ करोड ९४ लाखबाट बढेर ७ अर्ब १९ करोड ५६ लाख पुगेको छ। त्यसैगरी, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि बढेर १ अर्ब ६३ करोड ४७ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ४६ लाखबाट आम्दानी गरेको छ।

कम्पनीले कुल आम्दानी ७ अर्ब ३१ करोड १४ लाखबाट बढेर ९ अर्ब २० करोड ४४ लाख पुगेको छ। आम्दानीसँगै कम्पनीको खर्च पनि उल्लेख्य वृद्धि भएको देखिएको छ। कम्पनीको कुल खर्च ६ अर्ब ९६ करोड ९१ लाखबाट बढेर ८ अर्ब ९२ करोड ६६ लाख पुगेको छ भने अभिकर्ता कमिशन खर्च ४७ करोड ७१ लाखबाट बढेर ५७ करोड ८४ लाख पुगेको छ।

असोजसम्ममा कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख रहेको छ। यता जगेडा कोष भने बढेर ६० करोड ४९ लाख कायम भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १०.३० रुपैयाँबाट घटेर ८.८३ रुपैयाँ कायम भएको छ।

Skip This