काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको ५५२औँ बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावित लाभांशमध्ये ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ। बैंकका अनुसार नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ। हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९० रुपैयाँ रहेको छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी ३३औँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने जनाएको छ।






About Us
प्रतिक्रिया