एनएमबि बैंकले मंसिर २५ गतेलाई डाक्यो साधारण सभा, अविमोच्यसहित शेयरसहित यस्ता छन् एजेन्डा


काठमाडौं – एनएमबि बैंकले मंसिर २५ गतेलाई ३१औं साधारण सभा डाकेको छ। गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरणको लक्ष्यसहित बैंकले मंसिर २५ गतेलाई साधारण सभा डाकेको हो।

बैंकको ५१९औं सञ्चालक समितिको बैठकको निर्णयअनुसार लगानीकर्तालाई कर प्रयोजनसहित ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ।

यो चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाखको ७ प्रतिशत हो। यसैगरी, बैंकको सञ्चालक समितिले ८.२५ प्रतिशत एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनको निर्णय पारित गर्ने समेत जनाएको छ। यो चुक्ता पूँजी ३० अर्बको ८.२५ प्रतिशत हो।

Skip This