२३ जना जुवाडे पक्राउ, ८ लाख बरामद 


काठमाडौं – भक्तपुरको सूर्य विनायक नगरपालिका– ७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल घिमिरे समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार १ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– २ स्थित बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– १ बस्ने ३५ वर्षीय दीपक नेपाली समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ९ सय ९० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका– ११ सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१६ जोरसखुवा बस्ने ३३ वर्षीय सोम तामाङ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ९२ हजार ५ सय रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Skip This