तिहार र छठमा पेट्रोलियम पदार्थ अभाव नहुने, आयल निगमले १३ वटा डिपो खुला राख्ने


काठमाडौं – नेपाल आयल निगमले तिहार तथा छठ बिदाका दिनमा पनि आफ्ना डिपो खुला राख्ने भएको छ। निगमले शुक्रबार सूचना जारी गर्दै बिदाका दिनमा पनि डिपोहरू खुला हुने जानकारी दिएको छ। पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमले डिपोहरू पालो मिलाएर पालो खुला राख्ने बताएको छ।

निगमका अनुसार कोशी प्रदेशको विराटनगरस्थित प्रादेशिक कार्यालय कात्तिक २३ र २६ गते, मधेश प्रदेश अमलेखगन्जस्थित कार्यालय २१, २३ र २६ गते सञ्चालन हुनेछन्। यस्तै, बागमती प्रदेशकाे थानकाेट कार्यालय २१, २२ र २६ गते तथा पोखरा कार्यालय कात्तिक २२ र २३ गते सञ्चालन हुनेछ। यसैगरी, लुम्बिनी प्रदेशको भैरहवा कार्यालय कात्तिक २१, २२, र २६ गते तथा कर्णाली प्रदेशको सुर्खेत कार्यालय २०, २२, २४ र २६ गते खुला रहने निगमले जनाएको छ। सुदूरपश्चिम प्रदेशको धनगढी कार्यालय भने कात्तिक २३ र २६ गते सञ्चालन हुनेछ।

त्यस्तै, नेपालगन्जस्थित इन्धन डिपो पिपलाडी र दाङ कात्तिक २३ गते तथा जनकपुर डिपो कात्तिक २३ र २६ गते खुला रहनेछन्। शाखा कार्यालय चारआली २१ र २६ गते, वीरगन्ज २१, २३ र २६ गते तथा दिपायल २३ र २६ गते सञ्चालन हुने निगमले जनाएको छ।

Skip This