काठमाडौं – उज्यालो र मिठासको पर्व तिहार नजिकिँदै गर्दा नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो स्मार्ट घरायसी उपकरण अन्तर्गत प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका अत्याधुनिक एयर फ्रायरहरू बजारमा ल्याएको छ। उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिँदै चाडपर्वको परम्परागत स्वादलाई कायम राख्ने उद्देश्यले यी एयर फ्रायरहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
तिहारमा बनाइने सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकारमा तेलको प्रयोग बढी हुने गर्दछ। यसबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै सिजीले स्वादमा कुनै सम्झौता नगरी ९० प्रतिशतसम्म कम तेलमा स्वस्थकर परिकार तयार गर्न सकिने स्मार्ट भान्सा समाधान प्रस्तुत गरेको हो। उपभोक्ताको स्वास्थ्य, समयको बचत र भान्साको कामलाई सहज बनाउनु यी उपकरणका प्रमुख विशेषता हुन्।
बजारमा उपलब्ध नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ मोडलले उपभोक्ताबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यसमा जडान गरिएको कृत्रिम बुद्धिमत्ताप्रविधिले परिकारको प्रकृतिअनुसार आफैँ तापक्रम र पकाउने समय निर्धारण गर्दछ। यसले खाना पकाउने प्रक्रियालाई छिटो, सजिलो र स्मार्ट बनाउँछ। यसका अतिरिक्त उपभोक्तामाझ लोकप्रिय अर्को मोडल CGMRAF7LS पनि बजारमा उपलब्ध छ।
ठूला परिवार तथा तिहारको जमघटलाई लक्षित गर्दै सिजीले १३ लिटर क्षमताको नयाँ स्मार्ट एयर फ्रायर मोडल CGMRAFO13L बजारमा ल्याएको छ। १८०० वाट पावर, १२ वटा स्मार्ट कुकिङ प्रिसेट मेनु, पकिरहेको परिकार स्पष्ट देख्न सकिने वाइड एंगल भ्युइङ विन्डो, तेलबिना खाना पकाउने सुविधा, ६० मिनेटको टाइमर तथा डिहाइड्रेटर फङ्सन यसका प्रमुख विशेषता हुन्।
प्रयोगकर्ताको सुविधालाई ध्यानमा राख्दै यसमा एलईडी डिस्प्लेसहितको टच स्क्रिन जडान गरिएको छ, जसले खाना पकाउने प्रक्रियालाई एकै स्पर्शमा सहज बनाउँछ। त्यसैगरी, प्रयोगका क्रममा ढोका खोलिएमा उपकरण आफैँ बन्द हुने अटो सट-अफ प्रविधिले थप सुरक्षा प्रदान गर्दछ। चाडपर्वका समयमा एकैपटक विभिन्न परिकार तयार गर्न सकियोस् भन्ने उद्देश्यले यससँग विशेष एसेसरिजहरू पनि उपलब्ध गराइएको छ।
यसमा आयल ट्रे, फ्ल्याट ग्रिल र्याक, स्यालो नेट ग्रिल र्याक, रोटेटिङ बास्केट, चिकेन फोर्क तथा फेच टुल समावेश छन्। यी सामग्रीको प्रयोगबाट छुट्टै भाँडाको आवश्यकता कम हुनुका साथै विभिन्न परिकार रोस्ट, ग्रिल तथा बेक गर्न सहज र व्यवस्थित हुन्छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभर रहेका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुम, ६ वटा एलजी ब्रान्ड शप, कम्पनीका आधिकारिक वेबसाइट www.cgdigital.com.np र www.cginspiringlife.com तथा आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिनेछ।
ग्राहकलाई बिक्रीपछिको सेवा अझ छिटो, सहज र सुविधाजनक रूपमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले ‘CG Cares’ एप सञ्चालनमा ल्याएको छ। उक्त एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत कम्पनीले ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।थप जानकारीका लागि ग्राहकले सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै, सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘CG Cares’ एप डाउनलोड गर्न सकिनेछ।







About Us
प्रतिक्रिया