काठमाडौं – कारागारबाट फरार ४ जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमका रामबहादुर कामी, सल्यानका रेशम राना, डोल्पाका कालीप्रसाद रोकाय र जाजरकोटका कैलाश भन्ने कपिल परियार रहेका छन्।
उनीहरू कात्तिक १४ गते कारागार कार्यालय डोल्पाबाट भागी फरार भएका थिए । उनीहरू खोजतलासको क्रममा पक्राउ परेका हुन् । उनीहरूलाई कारागार ऐन २०७९ अन्तर्गतको कसुरमा डोल्पा जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







About Us
प्रतिक्रिया