सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

'सुन ७ सय र चाँदी ४५ रूपैयाँले घट्याे'


काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। सोमबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन भने तोलामा सात सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला तीन हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ घटेको हो।