काठमाडौं – दसैंको समयमा नेपाल भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढ्ने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नै पनि दसैंको समयमा रेमिट्यान्स आउने क्रम बढेको हो। वैदेशिक रोजगारमा रहेकाहरुले दसैं, तिहार तथा छठ जस्ता ठूला चाडपर्वहरूमा रेमिट्यान्स पठाउने हुँदा रेमिट्यान्स आप्रवाह बढ्ने गरेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांङ्कअनुसार दसैंलक्षित रेमिट्यान्स आउने क्रम बढ्ने गरेको छ। केन्द्रीय बैंककाअुसार आर्थिक वर्षको सुरुको तीन महिनामा रेमिमट्यान्स आप्रवाह बढ्ने गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो महिना भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको थियो। आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रेमिट्यान्स भित्रिएको थियो। गत वर्षमा २३ खर्ब ६३ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको छ।
यता, चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा २ खर्ब १५ अर्ब ५ करोड रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आउने क्रम बढ्दा बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिने क्रम पनि बढ्दो छ। सामान्यतया दसैं, तिहार जस्ता ठूला चाडवाडमा वैदेशिक रोजगारमा रहेकाहरुले परिवारको आवश्यकता पूरा गर्नका लागि ठूलो रकम नेपाल पठाउँदा पनि रेमिट्यान्स आउने क्रम बढिरहेको छ।
दसैंको समयमा आउने रेमिट्यान्स अधिकांश उपभोगमा नै सकिन्छ। जबकी विभिन्न अध्ययनहरूले नै नेपालमा भित्रिने रेमिट्यान्स अनुत्पादक वा उपभोग्य क्षेत्रमा बढी हुने गरेको देखाउँदै आएको छ। ठूला चाडमा आउने रेमिट्यान्स खाद्यान्न, मासु, अन्य सामान तथा कपडा खरिदमा नै खर्च हुने गरेको पाइन्छ। यस्तै, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ आएको थियो। यस्तै, भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ, असोजमा एक खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो। जबकी सो आर्थिक वर्ष २०८१/८२ मा जम्मा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो। १७ खर्ब रेमिट्यान्स भित्रिँदा ४ खर्ब ३ महिनामा नै आएको देखिएको हो।
साथै, आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको थियो। यस्तै, भदौमा १ खर्ब ८७ अर्ब ४ करोड र असोजमा २ खर्ब ८१ अर्ब ५ करोड रेमिट्यान्स भित्रिएको थियो। उता आर्थिक वर्ष २०७९/८० भरिमा जम्मा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स आएको थियो। जसमा पनि पहिलो तिन महिनामा ५ खर्ब बढी रेमिट्यान्स आएको हो। यो तथ्यांकले पनि अन्य समयको तुलनामा सुरुको तीन महिनामा बढी रेमिट्यान्स आएको देखिन्छ।
दसैंमा किन बढ्छ रेमिट्यान्स ?
दसैंमा रेमिट्यान्स बढ्नुको मुख्य कारण हो ठूलो खर्च। विभिन्न तथ्यांकहरुले नेपालीहरुको महान चाड बडा दसैंमा वर्षभरि हुने खर्चको ४० प्रतिशत खर्च हुने गरेको देखाउँदै आएका छन्। दसैंको समयमा अन्य समयको तुलनामा बढी खर्च गर्ने पुरानो प्रचलन पनि हो। पारिवारिक भेटघाट हुने समयमा बढी आर्थिक गतिविधि चलायमान बन्छ। यस समयमा बढी खर्च हुने गरेको छ। नेपालमा रहेका आफन्तको खर्चको जोहो गर्न रोजगारको शिलशिलामा रहेकाहरुले बढी पैसा पठाउने गर्छन्। जसकारण रेमिट्यान्स आप्रवाह बढ्छ।
नेपालीहरूको सबैभन्दा ठूलो चाड भएकाले पनि यो समयमा परिवारका लागि विदेशमा रहेका नागरिकहरूले अन्य महिनाको तुलनामा धेरै रकम पठाउने गर्छन् । यस समयमा बढी खर्च हुने गरेको छ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापाकाअनुसार दसैंको समयमा बढी रेमिट्यान्स आउनुको प्रमुख कारण विदेशमा रहेकाहरुले दसैं खर्चका लागि बढी खर्च पठाउने हुँदा बढी रेमिट्यान्स आउने गर्छ।
‘दसैं–तिहारको समयमा रेमिट्यान्स बढ्नुको मुख्य कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले परिवारको चाडपर्व खर्च, नयाँ लत्ताकपडा र रमाइलोका लागि अतिरिक्त रकम जोहो गरेर घर पठाउने गर्छन्। जसकारण चाडपर्वको समयमा बढी रेमिट्यान्स आउने गर्छ।’ थापाकाअनुसार लामो समयसम्म रेमिट्यान्समा मात्रै ध्यान दिन भने हुँदैन। उनले देशमा युवा नरहेमा मुलुकको समग्र विकास, कृषि, उत्पादन, शेयर बजार, घरजग्गा व्यापार र आन्तरिक आर्थिक गतिविधिमा पनि गम्भीर असर पर्ने बताए। जसकारण यसतर्फ पनि चासो दिनुपर्ने उनको भनाई छ।
यता, चाडपर्वको समय पर्ने भएकाले आर्थिक वर्षको सुरुको तीन चार महिनामा वर्षभरीकै सर्वाधिक रेमिट्यान्स आउने गरेको छ। वैदेशिक रोजगारमा रहेकाहरुले चाडपर्वलक्षित बढी पैसा पठाउँदा पनि यो क्रम बढ्ने विज्ञहरुको भनाई छ। अर्थविद् डा. चन्द्रमणि अधिकारीले पनि चाडपर्वमा बढी रेमिट्यान्स आउने गरेको बताउँछन्।
दसैं तिहारमा वस्तु तथा सेवाको उपभोग पनि बढ्ने भएकाले विदेशमा रहेका नेपालीहरूले आफ्नालाई यो समयमा बढी रेमिट्यान्स पठाउने गरेको उनको भनाइ छ। उनकाअनुसार चाडपर्वमा विभिन्न गतिविधिका कारण खर्च बढ्दा विदेशमा रहेका नेपालीहरूले चार्डपर्व लक्षित आफ्नो कमाइको ठुलो हिस्सा परिवारलाई पठाउने गरेका छन्।






About Us
प्रतिक्रिया