साताको शेयर:

‘३५ अंकले घट्यो नेप्से, २७ अर्बको कारोबार’


काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ३५ अंकले घटेरको छ। घटेकाे बजारमा २७ अर्बको शेयर कारोबार भएको छ। साताभरमा ५ दिन कारोबार हुँदा ३ दिन बजार बढेको छ भने २ दिन बजार घटेको छ।

साताको पहिलो कारोबारका दिन नेप्से ३२.६५ अंकले घटेर बजार २६ सय ५७ दशमलव ५० को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, दोस्रो कारोबारका दिन मंगलबार नेप्से ६.६२ अंकले बढेर बजार २६ सय ६४ दशमलव १३ को बिन्दुमा बजार बन्द भएको छ।

यस्तै, बुधबार, १.४० अंकले नेप्से बढेर बजार २६ सय ६५ दशमलव ५३ को बिन्दुमा बन्द भएको भयो। त्यसैगरी, बिहिबार १२.९५ अंकले नेप्से घटेर बजार २६ सय ५२ दशमलव ५८ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से २.६४ अंकले बढेर बजार २६ सय ५५ दशमलव २२ को बिन्दुमा बजार बन्द भयो।

कारोबार कुन दिन कति?
सोमबारः ७ अर्ब १५ करोड
मंगलबारः ५ अर्ब ६१ करोड
बुधबारः ७ अर्ब ३७ कराड
बिहिबारः ४ अर्ब ६९ करोड
शुक्रबारः ३ अर्ब ४१ करोड

Skip This