काठमाडौं – डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीका पुर्व सीईओ प्रवीण रेग्मी नबिल बैंक प्रवेश गरेका छन् । बैंकले उनलाई चिफ बिजनेस अफिसर पदमा नियुक्त गरेको हो ।
रेग्मीसँग बैंकिङ्ग तथा फिनटेक क्षेत्रको डेढ दशक लामो अनुभव छ । उनले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
सन् २००७ मा एसटीएम टेलिकमबाट प्रोजेक्ट म्यानेजरको रूपमा करिअर सुरु गरेका उनले एनआईसी एशिया बैंक र एनएमबी बैंकमा पनि काम गरिसकेका छन्। रेग्मीले काठमाडौं इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ र पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए गरेका छन्।





About Us
प्रतिक्रिया