बैंकिङ्ग क्षेत्रको कार्य सम्पादनलाई सहज बनाउनु हाम्रो उदेश्य होः आकाश जटिया


काठमाडौं – स्प्रिङबेस एआईका सह-संस्थापक, उद्यमी तथा लगानीकर्ता आकाश जटियाले बैंकिङ्ग क्षेत्रको कार्यसम्पादनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले कार्यलाई अझ सहज, छिटो र प्रभावकारी बनाइरहेको बताएका छन्।

चौथो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२६ को चौथो सत्र ‘बैंकिङ्ग भविष्यः एआई, साइबर सुरक्षा र फिनटेक’ विषयमा बोल्दै उनले एआईको प्रयोगले बैंकिङ्ग सेवामा ठूलो रूपान्तरण ल्याइरहेको उल्लेख गरे।

जटियाका अनुसार, एआईको प्रयोगले ग्राहक सेवा सुधार गर्नुका साथै जोखिम व्यवस्थापन, डेटा विश्लेषण र साइबर सुरक्षालाई समेत बलियो बनाउन मद्दत गरिरहेको छ। उनले बैंकहरूले भविष्यमा प्रतिस्पर्धी बन्नका लागि प्रविधिमैत्री प्रणाली अपनाउनु आफूहरुको उद्देश्य रहेको बताए।

Skip This