काठमाडौं - मर्जरमा गएका बैंक तथा वित्तीय संस्थामा पोस्ट मर्जर सिन्ड्रोम (लक्षण) देखिन थालेको छ । पुँजीवृद्धिको उद्देश्यले ल्याइएको मर्जर नीतिले बैंकहरूमा प्रशासनिक तथा संरचनागत समस्या देखिन थालेका छन् । यसले बैंकहरूको वित्तीय स्वास्थ्यमा समेत असर देखा पर्ने जानकारहरू बताउँछन् । मर्जरपछि बैंकहरूमा देखिएको मुख्य समस्या हो, कर्मचारीहरूबीच व्यवस्थापनले गर्ने विभेद । मर्जरमा गएका बैंकहरूले…