जयोति ग्रुपले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर साढे २४ करोडमा बेच्यो, संचय कोषले किन्यो

बैकिङ्ग समाचार ।  हिमालयन बैंकमा रहेको संस्थापक सेयर ज्योति ग्रुपले बेचेको छ । बैंकको ८ लाख १५ हजार १७२ कित्ता सेयर २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँमा किनेबेच भएको छ । बैंकको उक्त सेयर स्याकर कम्पनी (ज्योती समूह) ले उक्त सेयर बिक्री गरेको छ । त्यो सेयर सबै कर्मचारी सञ्चय कोषले किनेको छ…