सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने


बैकिङ्ग समाचार । 
 सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम ती दुई ओटा कम्पनीबीच शनिवार प्राप्ति गर्ने प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतामा सिटिजन्स बैंक इन्टरनेसनलको तर्फबाट संचालक तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।   

शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन(डीडीए) ले  सिफारिस गरेअनुसार निर्धारण गर्ने सहमति भएको छ । प्राप्ति पश्चात कम्पनीको १६४ ओटा शाखा कार्यालय हुने छन् ।

हाल सिटिजन्स बैंकको चुक्तापूँजी  रू.९ अर्ब ८ करोड रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्तापूँजी रू.१ अर्ब ८१ करोड रहेको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको तिनाउ मिसनको प्रधान कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ ।