छठको भोलिपल्ट सोमबार सार्वजनिक बिदा


काठमाडौं – गृह मन्त्रालयले सोमबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा कात्तिक ३० गते सोमबारका दिनसमेत सार्वजनिक बिदा दिएको उल्लेख छ।

‘कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको बिदितै छ । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रही आएकोले छठ पर्वको भोलिपल्ट अर्थात् मिति २०८३/७/३० गते सोमबारका दिन समेत सार्वजनिक बिदा दिइएको छ व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’ सूचनामा भनिएको छ ।

Skip This