जयोति ग्रुपले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर साढे २४ करोडमा बेच्यो, संचय कोषले किन्यो

जयोति ग्रुपले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर साढे २४ करोडमा बेच्यो, संचय कोषले किन्यो


बैकिङ्ग समाचार । 
हिमालयन बैंकमा रहेको संस्थापक सेयर ज्योति ग्रुपले बेचेको छ ।

बैंकको ८ लाख १५ हजार १७२ कित्ता सेयर २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँमा किनेबेच भएको छ ।

बैंकको उक्त सेयर स्याकर कम्पनी (ज्योती समूह) ले उक्त सेयर बिक्री गरेको छ । त्यो सेयर सबै कर्मचारी सञ्चय कोषले किनेको छ ।

नेप्सेका अनुसार उक्त सेयर ४३ नम्बर ब्रोकरबाट बिक्री हुँदा ४० नम्बर ब्रोकरबाट खरिद भएको छ । 

\"\"

ज्योति समूहले यसअघि पनि यसै गरी बैंकको संस्थापक सेयर बिक्री गरेका थियो । ज्योति समूहमा देखिएको आन्तरिक विवादको कारण आफूसँग भएको संस्थापक सेयर धमाधम बिक्री गर्न थालेका छन् । आइतबार कारोबार सुरु भएको केही समयमा नै सेयर बैंकको संस्थापक सेयर खरिद बिक्री भएको हो । नेप्सेका अनुसार त्यो सेयर प्रति कित्ता ३ सय रुपैयाँमा किनबेच भएको देखिएको छ ।

अहिले हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी पाकिस्तानको हबिब बैंक हो । हबिबले सेयर बेचेर बाहिरिने निर्णय गरेपनि खरिदकर्ता पाएको छैन । त्यसपछि ठूलो सेयरधनी सरकारको लगानी रहेको कर्मचारी संचय कोष हो । 

संचय कोषले कानूनले मिलेसम्म हिमालयन बैंकको सेयर किन्ने जनाएको छ ।