नबिल बैंकका सिईओ अनिल केशरी शाहलाई कोरोना पोजेटिभ

नबिल बैंकका सिईओ अनिल केशरी शाहलाई कोरोना पोजेटिभ


बैकिङ्ग समाचार । 
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार उनले आफ्नो फेसबुकमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।

उनले आफ्नो फेसबुकमार्फत गत बिहीबार नाकले बास्ना र गन्ध थाहा पाउन छोडेपछि कोरोना परिक्षण गराएको र नेगेटिभ रिपोर्ट आएको बताए । तर शनिबार मात्रै पुनः उस्तै लक्षण देखिएपछि उनले टेष्ट गराउँदा भने कोरोना पोजेटिभ भएको रिपोर्ट आयो ।

उनले आफुलाई गन्ध हराएको बाहेक कुनै लक्षण नदेखिएको बताएका छन् । हाल उनी आफ्नै घरमा आईसोलेसनमा बसेको फेसबुकमार्फत जानकारी दिएका छन् ।