माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित


बैकिङ्ग समाचार । 

माछापुच्छ्रे बैंकले कार्तिक ६ गते तय गरेको २२ औं वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ। 

बैंक संचालनक समितिले असोज ३० मा बसेको बैठकले कोरोना महामारी र चाडपर्वको व्यस्ततालाई ध्यानमा हाललाई स्थगित गर्ने निर्णय गरिएको बैंकले जानकारी दिएको छ।

साथै, बाईसौं वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई रु. २४,१०,८०,६६०.२५ (अर्थात चुक्तापूँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय बैंकले गरेको छ ।