सिटिजन्स बैंकका ग्राहकले २५ प्रतिशत क्यासब्याक पाउने

सिटिजन्स बैंकका ग्राहकले २५ प्रतिशत क्यासब्याक पाउने


बैकिङ्ग समाचार । 
सिटिजन्स बैंक ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्। 

बैंकका डेबि/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फन्ड ट्रान्सफरका माध्यमबाट कारोबार गर्दा उक्त छुट पाउने भएको हो।

डिल आयो डट कममा हजार भन्दा माथिको कारोबार गर्दा २५ प्रतिशत सम्म वा २५ सय सम्मको क्यासब्याक पाउनसक्ने बताइएको छ।  

यो योजना कात्तिक ६ गते सम्म लागू हुने छ। 

सिटिजन्स बैंकको १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ एकाईहरु रहेका छन्।