सनराइज बैंकको चाडपर्व बिशेष योजना

सनराइज बैंकको चाडपर्व बिशेष योजना


बैकिङ्ग समाचार । 
सनराइज बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसँंग सहकार्य गरी चाडपर्व बिशेष योजना ल्याएको छ ।

बैंकले स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको हो ।

यस योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एक/एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १०० रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ ।

सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।