लघुवित्त बहस

‘सडकमा आएर कराउनेहरुले अब सोच्नुपर्ने अवस्था आयो’

‘सडकमा आएर कराउनेहरुले अब सोच्नुपर्ने अवस्था आयो’


लघुवित्तले नाफा कमाउँने उद्देश्य राखेर शाखा विस्तार गर्दै जाँदा एक लाख ऋण चाहिएका व्यक्तिलाई दुई लाख दिने दुई लाख चाहिएकालाई चार लाख दिने गरे भन्ने आरोप लघुवित्त संस्थालाई छ । केही समुहहरु लघुवित्त विरुद्धको आन्दोलन गरिरहेका छन् । लघुवित्त संस्थाका प्रतिनिधि भने लघुवित्तले राम्रो काम गरेको दाबी गर्छन् । नेपाल लघुवित्त बैंकर्स संघले यो परिस्थितीमा कसरी काम गरिरहेको छ । यतिका ऋणी आन्दोलनमा आउँदा लघुवित्त संस्थाहरुको भविष्य के हुन्छ लगायतका विषयमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवसँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीः

भिडियो

अहिले युवाहरु विदेशिएका छन् । तपाईहरुको सेवा दिने क्षेत्र त ग्रामिण क्षेत्र नै हो । गाउँमा अहिले मान्छे बस्ने वातावरण पनि छैन । के अब लघुवित्तहरु डाइभर्ट हुन लागेका हुन् ?
ग्रामिण क्षेत्रमा आर्थिक स्रोत जुटाउने संस्था भनेको लघुवित्त संस्था नै हो । कसैले ऋण प्रदान नगरेका वर्गका मानिस, विशेषत महिलाहरुलाई व्यवसायीसँग जोडिएर व्यवसायीकरण गर्नको लागि लघुवित्तको भुमिका अहम छ । अहिले नेपालमा हेर्ने हो भने ग्रामिण क्षेत्रबाट बसोबास शहरतिर आउने शहरबाट विदेशिने अवस्था छ । जहाँ बसोबास छ त्यहिँ ठाउँमा रोक्न पनि लघुवित्तको भुमिका छ । किनभने लघुवित्त संस्थाहरु ग्रामिण भेगमा गएपछि ग्रामिण भेगका मान्छे व्यवसायसँग जोडिन्छन् । व्यवसायसँग जोडिएपछि गाउँमै अवसर पाएपछि व्यक्ति शहरी क्षेत्रमा आउँदैदन् । त्यसकारण सरकारले लघुवित्तलाई आर्थिक विकासको साझेदारको रुपमा अगाडि बढाउनुपर्ने छ । सरकारले प्याकेजसहित अगाडि बढायो भने ग्रामिण क्षेत्रको अर्थतन्त्र कायपलट नै गर्नसक्छ ।

यहाँलाई मैले अर्को कुरा जोड्न चाहे । एउटा लघुवित्तको एउटा एटिएम छ । जहाँ मेसिन छैन कि एटिएम भनेर मान्छे बस्ने गर्छन् । यो कत्तिको प्रभावकारी छ ?

लघुवित्त त हालसम्म एटिएमतर्फ गएको छैन । त्यो अरु एटिएम भन्दा पनि हुम्यान एटिएम हो । त्यो एटिएमको आफ्नै महत्व छ । लघुवित्तका सदस्यलाई कुनैपनि समयमा पैसा निकाल्नुपर्यो भने संस्थाको शाखासम्म पुग्न पर्दैन । त्यसकारण यो प्रभावकारी नै हुन्छ । कोरोनाको समयमा यो व्यवस्था निकै प्रभावकारी माध्यम बन्यो र अहिले पनि प्रभावकारी नै छ । तत्कालै पैसा पाउन समय र पैसा खर्च गरेर शाखासम्म पुग्न पर्दैन । अब लघुवित्त संस्था पनि बिस्तारै डिजिटाइजेसनमा जान जरुरी छ ।

अहिले व्यापक रुपमा सुन्दै आएको कुरा लघुवित्तमा समस्या नै हो । समस्या सबै क्षेत्रमा छन् तर लघुवित्तको समस्या चाहिँ यति व्यापक किन भयो ?

यो देशमा समस्या कै मात्र कुरा गर्ने हो भने यो क्षेत्रमा भन्दा बढि समस्या अन्य क्षेत्रमा छ । तर जुन क्षेत्रले राम्रो काम गर्दछ । जुन क्षेत्रको दायरा फराकिलो छ त्यसको चर्चा परिचर्चा बढि हुने गर्दछ । यो देशमा यस्तै हो ।

यतिका ऋणी आन्दोलनमा आउँदा पनि तपाईहरु लघुवित्तले राम्रो काम गरिरहेको छ भन्नुहुन्छ, कसरी ?

लघुवित्तले राम्रो काम गरेको छ र नै यो चर्चा परिचर्चा छ । ६० लाख घरधुरीमा आज लघुवित्त नपुगेको भए लघुवित्तको दायरा देशभरि नपुगेको भए सानो स्केलमा भएको भए जति ठुलो समस्या आए पनि विशाल हुने थिएन । यो क्षेत्र ठुलो छ । २९ लाख मानिस त हालसम्म पनि कर्जा लिएर नै काम गरिरहेको अवस्था छ । मात्रामा हेर्दा मात्रै ४ खर्ब देखाएपनि यसको प्रभाव ठुलो, फराकिलो छ । समस्या जहाँ पनि हुन्छ । समस्या नै आउँदैन भनेर कहिँ पनि हुँदैन जति राम्रो काम गरे तापनि कहिँलेकाँहि समस्या आउछ । करेक्सनतर्फ जान्छ । यस्तो हुनु भनेको भोलिको लागि राम्रो गर्न सक्ने एक अवसर पनि हो । नेपालमा अहिले ग्रामीण क्षेत्रमा जुन वित्तीय पहुँच पुगेको छ त्यो लघुवित्त क्षेत्र नभएको भए हुन्थ्यो त ? हुँदैन थियो ।

यो पनि

तर लघुवित्तले नाफा कमाउने उद्देश्य राखेर ब्रान्च खोल्दै जाँदा १ लाख ऋण चाहिएकालाई २ दिने २ चाहिएकालाई ४ दिने गरे भन्ने आरोप पनि छ नि ?

आरोप जति लगाउन पनि सकिन्छ तर आरोपमा सत्यता कति छ त्यो हामीले बुझ्न जरुरी छ । आज ग्रामीण क्षेत्रमा लघुवित्त नभएको भए आज एक जनाले धेरै लघुवित्तहरुबाट पैसा लिएको जुन कुरा आएको छ त्यसमा लिने मान्छेको पनि त केही गल्ती होला नि ? सिआईबी सिस्टम पहिले नै भएको भए यो समस्या आए पनि कम मात्रै आउने थियो ।

तपाईले भन्नुभयो कि ऋणीहरुले पनि बुझ्नुपर्छ । यहाँ त नेपाल राष्ट्र बैंक तपाईहरुको गल्ती देखाउने तपाईहरु ऋणीको गल्ती देखाउने अनि ऋणीहरु तपाईको गल्ती देखाउने यहाँ त गल्ती कसको हो नै थाहै भएन त ?

राष्ट्र बैंक संस्थाको गल्ती, संस्था ऋणीको गल्ती र ऋणी संस्थाको गल्ती यस्ता कुरा हामीले गर्नुहुँदैन । यसमा सबै तर्फको कमी कमजोरी छ । हामीले कमी कमजोरी कै कुरा गर्दा अहिले समस्या भनेको त बहुबैंकिङ्ग को नै हो । सबैतिरबाट व्यक्तिले पैसा उठायो र पैसा दुरुपयोग गर्यो । अहिले आएर कर्जा मिनाहा हुनुपर्छ भन्ने कुरालाई कसैले आफ्नो क्षणिक फाइदाको लागि, व्यक्तिगत स्वार्थको लागि, राजनितीक स्वार्थको लागि त्यसलाई उपयोग गर्ने काम भयो । कमी कमजोरी सबैको छ । नेपाल राष्ट्र बैंकले लाइसेन्स वितरण गर्दै गर्दा ट्याकिङ्ग गर्ने सिस्टम पनि संगै लेराएको भए एक सय होइन २ सयलाई नै लाइसेन्स दिएको भए पनि यो समस्या आउने थिएन । त्यो समयमा लाइसेन्स दिनु संस्था सञ्चालन हुनु गलत कुरा होइन । नेपाल राष्ट्र बैंकको सो डिसिजन त्यति बेलाको लागि ठिक कुरा हो । ब्रान्च खोल्ने कुराहरुमा पहिल्यै निक्यौल गरेर काम गरेको भए यो समस्या आउने थिएन । लघुवित्त संस्थालाई लाइसेन्स दिएपछि विजनेस त गर्नुपर्यो विजनेस नगरी त सक्दैन । विजनेस गर्ने क्रममा अस्वस्थ प्रतिशपर्धा भएको हो ।

लघुवित्तले कसैको छोरीको बिहे कसैको वर्तवन्धको लागि लगानी गर्ने संस्था होर ?


लघुवित्त संस्थाहरुको पैसा हरेक व्यवसायमा मात्रै जान्छ भन्ने हुँदैन । सुरुमा लघुवित्तले मानिसहरुलाई समूहमा राख्दा कुनै मानिस व्यवसायिक हुँदैन। व्यक्तिको विश्वासको भरमा लघुवित्तले लगानी गर्दछ । सडकमा आएर जो कराईरहेका छन् तिनीहरुले एक पटक सोच्नुपर्छ । अहिले समस्या आयो छुट्टै कुरा हो तर ग्रामिण भेगमा जे छ त्यो लघुवित्तले गर्दा हो । तर लघुवित्त नभएको भए के हुन्थ्यो ? लघुवित्तले गरिब वर्गसँग काम गर्ने हुँदा सुरुको कर्जा व्यक्तिको आधारभुत आवश्यकता पुरा गर्नमा पनि गएको हुन्छ ।

तपाईको नेतृत्वको नेपाल लघुवित्त बैंकर्स संघले यो परिस्थितीमा के कसरी काम अघि बढाउँदै छ ?

हाल कर्जा मिनाहको भ्रम सिर्जना गरेको छ त्यसलाई कसरी चिर्न सकिन्छ भनेर लघुवित्त बैंकर्स संघ लागिरहेको छ । लघुवित्त यति राम्रो काम गर्दा गर्दै पनि प्रचार भएको छैनन् । लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरताको काम अगाडि बढाउँदै लैजाने तयारी गरेको छ । संघले आफ्नो संगठन भित्र रहेको जुन संस्थाहरु छन् । कोड अफ कन्डक्ट विकास गर्ने र कोड अफ कन्डक्टलाई कार्यन्वयन गर्ने भएको छ । संघले कर्मचारीको क्षमता वृद्धिको काम अघि बढाइरहेको छ । संघले विभिन्न रिसर्चको कुरामा जोड दिन रणनिती बन्दै छ । संघले लघुवित्तलाई डिजिटल बनाउनका लागि तयार गरिरहेको अवस्था छ ।

पछिल्ला लघुवित्त बहसहरु