घट्यो २७३ कच्चा पदार्थको भन्सार दर, ३६० वस्तुमा लागेको अन्तशुल्क खारेज


काठमाडौं – सरकारले २७३ कच्चा पदार्थका भन्सार दर घटाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा कायम गरेका छन् । ३६० वस्तुमा लागेको अन्त शुल्क समेत खारेज गरेका छन् । उनले पुर्वाधार विकास करजस्ता छरिएका करलाई एकिकृत गरेर हरित करमा समायोजन गरेका छन् ।