काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफूलाई डिसहोमको कर्मचारी बताउँदै सर्वसाधारणलाई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्। उनीहरू हाल काठमाडौंको टोखा क्षेत्रमा बस्दै आएका थिए। पक्राउ परेका व्यक्तिहरूले काठमाडौंस्थित डिसहोमको कार्यालयबाट बोलेको…