काटमाडौं – एनओसी लेटर बनाई दिन्छु, सेटिङ मिलाउनको लागि ८ हजार ५ सय लाग्छ भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता घर भई काठमाडौंको टोखा बस्ने दिपेन्द्र कुमार पण्डित रहेका छन्।
उनले आफ्नो इसेवामा पीडितलाई रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई पुतलीसडकबाट पक्राउ गरी ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकाे छ।







About Us
प्रतिक्रिया