काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका मनोहर मुडभरी, बाजुराका अनिल मल्ल, कास्कीकी कमला पौडेल सुनार र पाँचथरका तुलसीराम ढुंगेल रहेका छन्।
पक्राउ पर्ने मध्ये मुडभरीले मौरिसस पठाईदिन्छु भन्दै ३ लाख ५० हजार, मल्लले कम्बोडिया पठाईदिन्छु भन्दै ८ लाख ८४ हजार, सुनारले रोमनिया पठाईदिन्छु भन्दै ६ लाख र ढुंगेलले युएई पठाईदिन्छु भन्दै ६ लाख ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलिले उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया