काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोज कुमार झामाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। उनीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवा प्रवेश, बढुवा तथा लाभ–सुविधा लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। उनले १९९८ मा मगध विश्वविद्यालय, बोधगयबाट प्राप्त बीएससी दर्ता नं.…