काठमाडौं - अनलाइन सट्टाबाजी खेल्ने तथा सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका प्रत्युश मान सिंह, बाराका गौतम कुमार गुप्ता, पाँचथरका सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई अनलाइन सट्टाबाजी खेल्ने, खेलाउने तथा भिडियो बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने गरेको सूचनाका आधारमा माइतीघरबाट…