नक्कली प्रहरी बनेर ५ लाख रुपैयाँ ठगी गर्ने थापामगर पक्राउ

काठमाडाैं- हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। नुवाकोट लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने ४० वर्षीय दीपक थापामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।  उनले भने,…