काठमाडौं – पर्साको जगरनाथपुर गाउँपालिका– २ बाट स्रोत नखुलेको २ लाख ९ हजार ५ सय भारतीय रुपैयाँसहित २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका– २ बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङ रहेका छन्।
इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले ना.१० प ४४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







About Us
प्रतिक्रिया