दुर्गा प्रसाईँको रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर


काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रसाईँको रिहा माग गर्दै उनको पत्नी उमा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उनको रिटमाथि मङ्गलवार पेसी तोकिएको छ। प्रसाईँलाई आइतबार राति पक्राउ गरी जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखिएको छ।