काठमाडौं – काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।
उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो। घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ।
उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।







About Us
प्रतिक्रिया