जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, १ लाख ६१ हजार बरामद


काठमाडौं – कञ्चनपुरको भिमदत्त नगरपालिका– ३ भाँसीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश चन्दसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जुवातास खेलिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ६१ हजार नगद र ४ गड्डी ताससहित पक्राउ गरेको हो।

उनीहरूलाई  पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।