२ वर्ष कैद सजाय तोकिएका अर्जुन पौडेल पक्राउ 


काठमाडौं – बिगो बापत २ वर्ष कैद सजाय तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका अर्जुन कुमार पौडेल रहेका छन्। 

पौडेललाई काठमाडौं जिल्ला अदालतले ७ लाख १ हजार रुपैयाँ बापत २ वर्ष कैदमा राख्न फैसला गरेको थियो। उनलाई काठमाडौं उपत्यका अपराध कार्यालयबाट खटिएको प्रहरी टोलीले कागेश्वरीबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी जिल्ला अदालत बबरमहलमा पेस गरिएको प्रहरीले जनाएको छ।