क्रोएसिया पठाइदिन्छु भन्दै ८ लाख ठग्ने नवराज भट्ट पक्राउ 


काठमाडौं –वैदेशिक रोजगारीका लागि क्रोएसिया लैजाने भन्दै ८ लाख ५० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरका नवराज भट्ट रहेका छन्। 

उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।