काठमाडौं – क्यासिनोमा जुवा खेल्ने वा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डी बस्ने २२ वर्षीय अभय कुमार गुप्ता समेत १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई सिद्धार्थ नगरपालिका– १० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै वा खेलाउँदै गरेको अवस्थामा…