काठमाडौं – प्रहरीले आज बिहान मुन्दडा समूहको मोरङ विराटनगर महानगरपालिका वडा नं. ७ गोश्वारा रोडस्थित बेनी गोपाल मुन्दडाको निवासमा खानतलासी गरेको छ।
प्रहरीको छापापछि मुन्दडा समूले घरका सबै स्थानमा खनतालासी गरेको बताएको छ। मुन्दडा समूहका अनुसार, प्रहरीले घरका विभिन्न कोठा, भान्सा, दराजलगायत सबै स्थानमा खानतलासी गरेको छ।
मुन्दडा निवासमा प्रहरीले खनतालासी गर्ने बिहान साढे ५ बजे नै आएको थियो। मुन्दडा समूहका अनुसार प्रहरीले घरबाट कुनै सामान बरामद वा जफत गरेको छैन।
प्रहरीको कारबाहीबारे प्रतिक्रिया दिँदै समूहले प्रहरी आफ्नो कानुनी जिम्मेवारीअनुसार काम गर्न आएको र त्यसलाई सामान्य प्रक्रियाका रूपमा लिएको जनाएको छ।







About Us
प्रतिक्रिया