चेक अनादर मुद्दामा ९ महिना कैद तोकिएकी लक्ष्मी महर्जन पक्राउ 


काठमाडौं – चेक अनादर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको हरिसिद्धि बस्ने लक्ष्मी महर्जन रहेकी छिन्। उनलाई अदालतले चेक अनादरमा ९ महिना कैद फैसला गरेको थियो।

उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा पेश गरेको छ।