एक वर्षमा प्रहरीमा बैंकिङ्ग कसुरका १२ हजार ९५० वटा मुद्दा दर्ता 


काठमाडौं – गत आर्थिक वर्षमा प्रहरीमा बैंकिङ्ग कसुरका १२ हजार ९५० वटा मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीकाअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी बैंकिङ्ग कसुरका घटना काठमाडौं उपत्यकामा दर्ता भएका हुन्। काठमाडौं उपत्यकामा ६ हजार २२ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन्। 

त्यस्तै, कोशी प्रदेशमा १ हजार १५७ वटा, मदेश प्रदेशमा १ हजार ७५७ वटा, लुम्बिनी प्रदेशमा १ हजार २१८ वटा, बागमती प्रदेशमा १ हजार २१ वटा, गण्डकी प्रदेशमा ९९४ वटा, सुदुरपञ्चिम प्रदेशमा ४२६ वटा र कर्णाली प्रदेशमा ३५५ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएको छ। 

प्रहरीका अनुसार उपत्यकामा ४६.५० प्रतिशत र कर्णाली २.७४ प्रतिशत बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन्।