नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै २ लाख ४० हजार ठग्ने हरिश चन्द पक्राउ 


काठमाडौं – नेपाली सेनामा भर्ती गराई दिन्छु भन्दै २ लाख ४० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा–८ कलकत्ता, कानपुर बस्ने हरिश चन्द रहेका छन्। 

उनलाई इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिइएको प्रहरी टोलीले पक्राउ हो। उनलाई पक्राउ गरी  जिल्ला अदालत कैलालीबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।